हुन्डाई- नयाँ वर्षको अवसरमा गाडी खरिद गर्दा रु. १,७५,००० सम्म आकर्षक नगद छुटको व्यवस्था।
'नयाँ वर्ष २०८३' अफर,

काठमाडौं । Hyundai गाडी खरिद गर्दा अब ग्राहकहरूले अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने भएका छन्। नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता Laxmi Intercontinental Pvt. Ltd. ले नयाँ वर्षको अवसर पारेर ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ योजना सार्वजनिक गरेको हो। यस अफरअन्तर्गत हुन्डाईका कुनै पनि मोडल खरिद गर्दा आकर्षक नगद छुट उपलब्ध हुनेछ। यसका साथै ग्राहकहरूले थप फाइदाहरू पनि पाउनेछन्। जसमा ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस, १ वर्षको निःशुल्क बीमा र सवारी कर समावेश छन्।
कम्पनीले एक्सचेन्ज सुविधा पनि प्रदान गरेको छ, जसअनुसार ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर हुन्डाईको नयाँ गाडी लिन सक्नेछन्। यसले गाडी किन्ने प्रक्रिया अझ सहज र फाइदाजनक बनाउने अपेक्षा गरिएको छ। बिक्रीपछिको सेवामा पनि कम्पनीले विशेष ध्यान दिएको छ। ग्राहकहरूले ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी सुविधा पाउनेछन्, जसले दीर्घकालीन विश्वसनीयता र सन्तुष्टि सुनिश्चित गर्छ। हुन्डाई नेपालले पछिल्ला दुई वर्षदेखि देशमै सवारी एसेम्बल गर्दै आएको छ। कम्पनीका लोकप्रिय मोडलहरू Hyundai Creta र Hyundai Venue नेपालमै एसेम्बल भइरहेका छन्।
करिब ५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरिएको एसेम्बल उद्योगमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ। यसले स्थानीय सीप विकास, रोजगारी सिर्जना तथा औद्योगिक विस्तारमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
मुख्य आकर्षणहरू
-
नगद छुट: गाडी खरिदमा रु. १,७५,००० सम्म को आकर्षक नगद छुट।
-
नयाँ वर्ष बोनस: थप रु. ९६,००० सम्म को विशेष नयाँ वर्ष बोनस।
-
बीमा र कर: १ वर्षको नि:शुल्क बीमा र चालु आर्थिक वर्षको सडक दस्तुरमा पूर्ण छुट।
-
एक्सचेन्ज सुविधा: जुनसुकै ब्राण्डको पुरानो गाडीसँग हुन्डाईको नयाँ गाडी साट्न सकिने सहज सुविधा।
-
सर्भिस र वारेन्टी: ६ वर्षको नि:शुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी।
-
स्वदेशी उत्पादन: नेपालमै एसेम्बल गरिएका क्रेटा र भेन्यु जस्ता लोकप्रिय मोडलहरूमा विशेष प्राथमिकता।
सुविधाहरू र आराम (Features & Comfort)
प्यानोरामिक सनरुफ, १०.२५-इन्च टचस्क्रिन इन्फोटेनमेन्ट, भेन्टिलेटेड सिटहरू, वायरलेस चार्जिङ, ड्यूल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्रिमियम साउन्ड सिस्टम, एम्बियन्ट मुड लाइटिङ, क्रुज कन्ट्रोल, पछाडिको एसी भेन्ट।
सुरक्षा र आधुनिक प्रविधि (Safety & Advanced Tech)
६ वटा एयरब्यागहरू, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), हिल-स्टार्ट असिस्ट (HAC), रियर पार्किङ क्यामेरा, टायर प्रेसर मनिटरिङ सिस्टम (TPMS), ISOFIX चाइल्ड सिट एङ्कर, ABS सँगै EBD।
इन्जिन: १.२ लिटर पेट्रोल, १.५ लिटर पेट्रोल/डिसेल, १०० किलोवाट इलेक्ट्रिक
मूल्य: सुरुवाती मूल्य रु. ३३.५६ लाख देखि