Home hot news ड्राइभिङ लाइसेन्स आवेदन अब मोबाइलमै

ड्राइभिङ लाइसेन्स आवेदन अब मोबाइलमै

Krispa Pyakurel
118 Views
Apr 8
अब नागरिक एपबाटै सजिलै लाइसेन्सको आवेदन

 

सरकारले आगामी डेढ महिनाभित्रै नागरिक एपमार्फत सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) आवेदन दिन सकिने सुविधा ल्याउने तयारी गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी ४५ दिनभित्र नागरिक एपमार्फत राहदानी (पासपोर्ट), लाइसेन्स र अन्य प्रमुख सरकारी सेवाहरूका लागि एकीकृत आवेदन प्रणाली सञ्चालन गर्ने योजना बनाएको हो।

मन्त्रालयले ‘प्रमुख सुधारात्मक कार्यक्रम’ स्वीकृत गर्दै सरकारी सेवाहरूलाई प्रविधिमैत्री, छरितो र झन्झटमुक्त बनाउन यो कदम उठाएको हो। नागरिक एपलाई सरकारी सेवाको मुख्य केन्द्र बनाउने योजना अनुसार, हाल एपमार्फत पुलिस रिपोर्ट र प्यान नम्बरका लागि आवेदन दिन सकिन्छ।

अब ४५ दिनभित्रै पासपोर्ट र ड्राइभिङ लाइसेन्सको आवेदन पनि नागरिक एपबाटै गर्न सकिने व्यवस्था मिलाइनेछ। यसमा पुलिस रिपोर्ट, राहदानी र लाइसेन्सजस्ता सेवाहरूलाई अन्तरआबद्ध गरी एउटै पोर्टलबाट आवेदन दिन सकिने सुविधा उपलब्ध हुनेछ।

एकीकृत प्रणाली सुरु भएपछि सेवाग्राहीहरूले आफ्नै मोबाइलबाट सजिलै आवेदन दिन सक्नेछन्, जसले सरकारी सेवाहरूलाई अझ छरितो, सहज, र समय बचत हुने बनाउनेछ।

Comment