Home event latest hot news हुलास फिनसर्भ हायर पर्चेजको सीईओमा समीर कुमार ठाकुर नियुक्त

हुलास फिनसर्भ हायर पर्चेजको सीईओमा समीर कुमार ठाकुर नियुक्त

Krispa Pyakurel
99 Views
Nov 25
समीर ठाकुर हुलास फिनसर्भ हायर पर्चेजको नयाँ सीईओ नियुक्त

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर कुमार ठाकुरलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। उनको नियुक्तिलाई कम्पनीको संस्थागत विकास र आगामी व्यावसायिक यात्राका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

नेपालको हायर पर्चेज फाइनान्सिङ क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको कम्पनीले वित्तीय सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व पाएको हो।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वित्तीय संस्था हो। कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन खरिदका साथै ल्यापटप, मोबाइल फोन र अन्य उपभोक्ता इलेक्ट्रोनिक्स सामग्री खरिदका लागि हायर पर्चेज वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ।

बढ्दो उपभोक्ता वित्तीय सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले ग्राहकलाई सहज, सरल र पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। नवीन वित्तीय समाधान, रणनीतिक साझेदारी तथा सेवा विस्तारमार्फत बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने कम्पनीको लक्ष्य छ।

समीर ठाकुरको नेतृत्वमा कम्पनीले आफ्नो कार्यसञ्चालन क्षमता, व्यवस्थापन प्रणाली र व्यावसायिक रणनीतिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, विकसित हुँदै गएको हायर पर्चेज फाइनान्सिङ बजारमा नयाँ अवसरको पहिचान गर्दै कम्पनीलाई थप उचाइमा पुर्‍याउन उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास गरिएको छ।

उनको नियुक्तिसँगै हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले नेपालको वित्तीय सेवा क्षेत्रमा दिगो विकास, ग्राहक विश्वास र व्यावसायिक विस्तारलाई थप प्राथमिकता दिने अपेक्षा गरिएको छ।

Comment