त्रिपुरेश्वरमा बस आगलागीको घटना, चालक घाइते
Krispa Pyakurel
91 Views
Sep 21
त्रिपुरेश्वरमा रिद्धिसिद्धीको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।
काठमाडौंको त्रिपुरेश्वरमा सोमबार मध्याह्न रिद्धिसिद्धीको बसमा आगलागी भएको छ। आगलागीमा बस चालक घाइते भएका छन्।
बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएपछि चालकलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले जानकारी दिएका छन्।
उनका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ। घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

‘आगलागी नियन्त्रणमा आएको छ। घाइते चालकलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको छ,’ एसएसपी काफ्लेले भने।
बस स्टपमै आगलागी भएको घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी संकलन गर्न आसपासका सिसिटिभी फुटेज तथा घटनाका भिडियोहरू समेत अध्ययन गरिने प्रहरीले जनाएको छ।